कालिकोट । जिल्लाको महावै गाउँपालिकामा संचालित ३९ औँ शर्जिकल आँखा उपचार शिविरमा ४ सय ५३ जनाले सेवा पाएका छन् । गाउँपालिकाको आयोजना, हिमालय आँखा अस्पताल घारीपाटन पोखराको उपचार सहयोग, नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र कालिकोटको समन्वय तथा ओदा फाउण्डेशनको व्यवस्थापकीय सहयोगमा मंगलबारबाट संचालित शर्जिकल आँखा उपचार शिविरमा मोतिविन्दु अपरेशन गरेका ७० जना सहित ४ सय ५३ जनाले सेवा पाएका महावै आधारभुत अस्पतालका ब्यवस्थापक प्रकाश शाहीले बताएका छन् ।
शिविरबाट स्थानिय सर्वसाधरणले सेवा लिए पछि खुसि ब्यक्त गरेका छन् । अस्पतालको पहुँचबाट टाढा रहेका गाउँवस्तीमा बसोबास गर्ने मानिसहरुको आर्थिक भौतिक विभिन्न समस्याले गर्दा आँखाको रोग पालेर बस्नु पर्ने बाध्यतालाई निर्मुल पार्ने उद्देश्यलका साथ गाउँपालिकाले शिविरको आयोजना गरेको अस्पताल ब्यवस्थापक शाहीले जानकारी दिएका छन् ।