३९ औँ शर्जिकल आँखा उपचार शिविरको अध्यक्ष सिंहद्धारा उद्घाटन ।

 कालिकोट । जिल्लाको महावै गाउँपालिकामा संचालित ३९ औँ शर्जिकल आँखा उपचार शिविरको अध्यक्ष खेम बहादुर सिंहद्धारा उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना, हिमालय आँखा अस्पताल घारीपाटन पोखराको उपचार सहयोग, नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र कालिकोटको समन्वय तथा ओदा फाउण्डेशनको व्यवस्थापकीय सहयोगमा मंगलबार शर्जिकल आँखा उपचार शिविरको उद्घाटन गरिएको हो । शर्जिकल आँखा उपचार शिविर उद्घाटन कार्यक्रममा अध्यक्ष सिंह हिमालय आँखा अस्पतालका डाक्टर कृष्ण गरुङ्ग, जिल्ला आँखा उपचार केन्द्र प्रमुख डबल अधिकारी, ओदा फाउण्डेशनका फाउण्डर कर्ण बहादुर सिंह लगाएतको उपस्थिति रहेको महावै आधारभुत अस्पतालका ब्यवस्थापक प्रकाश शाहीले बताएका छन् । दुई दिन सम्म चल्ने शिविरमा मोतिविन्दु अपरेशन सहितको उपचार सेवा प्रदान गरीने भएकाले शिविरबाट स्थानिय सर्वसाधरणले लाभ लिने आशा लिएको ब्यवस्थापक शाहीले जानकारी दिएका छन् ।

error: Content is protected !!