कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।सोही क्रममा ओलीले मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गरेपछि हेलिकोप्टरमा सैनिक क्याम्प सिरहा जाने बताइएको छ।सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।