स्वास्थ्य सेवा कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कालिकोट । जिल्लामा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा संचारकर्मी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को अर्धबार्षिक अबधिमा सम्पादित स्वास्थ्य कार्यक्रमको कार्यलयले गरेको प्रगति सम्बन्धि संचारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको हो । विश्व स्वास्थ्य दिवसको अवसर समेत पारेर आयोजना गरीएको अन्तरक्रिया कार्यक्रममा पोषण कार्यक्रम, अस्पतालमा सुत्केरी हुने आमाहरुको संख्या तथा निमोनियाका बिरामीहरु पहिलाका वर्षहरुमा भन्दा सुधार भएको तथ्यांङ्कमा उल्लेख गरीएको थियो भने मलेरीया,औलो, डेङगी मानसिक रोगका विरामीहरु बढेको तथ्याङ्क सार्वजनिक गरीएको थियो । कार्यलयका मेडिकल सुपरभाइजर अनिल यादव र अस्पताल नर्सिङ्ग सुजिता कुमारी शाहीले कार्यलयको अर्धबार्षिक प्रगति बिवरण प्रस्तुत गरेका थिय ।

निमित्त कार्यलय प्रमुख डाक्टर भिष्म प्रसाद पोख्रेलको सभाअध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका प्रवक्ता अजय बम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष राधिका बराल,डा.शुभनारायण ठाकुर,डाक्टर बन्दीता कार्की तथा जिल्ला स्थित सम्पुर्ण क्रियासिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले ब्यवहारीक र गुणात्मक पक्ष केलाउदै स्वास्थ्य सेवा कार्यालयले सवै नागरिकका लागी सुशासन मैत्रि सहज सेवा प्रवाह गर्न अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रम निमित्त कार्यालय प्रमुख डाक्टर पोख्रेलले नागरीकलाई सहज सेवा प्रवाह गर्न आफुले हदै सम्मको प्रयास गर्ने बताउनु भएको थियो ।

उहाँले बिशेषज्ञ डाक्टरको कमी,(ख) वर्गको एम्बुलेन्सको कमी,शव बाहनको अभाव,आधुनिक औजार उपकरण कमी आदीको कारण नागरीकले चाहे जस्तो सेवा दिन नसकीएको बताउनु भएको छ । अघिल्लो ६ महिनामा प्रदान गरिएका स्वास्थ्य सेवाहरूको प्रगति, सफलता र कमजोरीको समीक्षा गर्न, पाइएको सुझाव र गुनासोका आधारमा आगामी महिनाहरूका लागि सुधार योजनाहरू तय गर्न ।

अस्पतालले गरेका कार्यहरूबारे संचारकर्मी लाई जानकारी गराउँदै जवाफदेही बन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनु भएको छ ।

error: Content is protected !!