आज उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

कालिकोट । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागको मौसम साामान्यतया सफा छ।दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

error: Content is protected !!