हिमचुली कृषि सहकारी संस्थाले मनायो ६८ औं राष्ट्रिय सहकारी दिवस ।

कालिकोट । जिल्लामा ६८ औं राष्ट्रिय सहकारी दिवस भव्यताको साथ मनाइएको छ । “मर्यादित सहकारी,समुन्नत समाज” भन्ने मुल नाराको साथ हिमचुली कृषि सहकारी संस्थाको आयोजनामा ६८ औं राष्ट्रीय सहकारी दिवस मनाइएको हो । जिरो पोइन्ट बाट ¥यारी सहित बजार परिकर्मा गरी पुन कोणसभामा परिणत भएर सरकारीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाएको थियो । सहकारीका बरिष्ठ उपाध्यक्ष सरोज बोगटीको सभाअध्यक्षता,पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा प्रदेशसभा सांसद माननिय दुर्ग बहादुर रावतको प्रमुख आतिथ्यता, जिल्ला स्थित सम्पुर्ण राजनितीक दल,सरकारी संस्थाका शेयर सदस्य, सहकारीका संचालक समिति कर्मचारी लगाएतको उपस्थितिमा राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

कार्यक्रमको संचालन सहकारीका सचिव पौरख बिश्वकर्माले गनु भएको थियो । सहकारी दिवसको अवसमा मन्तब्य राख्दै पुर्व मन्त्री रावतले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको संचालन गरिनु पर्ने बताउनु भयो । सहकारीले समाज र राज्यमा ठुलो योगदान दिएको बताउँदै महिला दिदिबहिनीहरुमा आर्थिक शसक्तिकरण भएको सिप सिकाएर आत्म निर्भर बनाएको, रोजगारमुखी भएर उद्यमशिल भएको भएर सहकारीले आफैमा राज्यको तेस्रो अंगको रुपमा अर्थतन्त्रको रुपमा रहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रममका सभाध्यक्ष एवम सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष बोगटीले शेयर सदस्यहरुको आत्मनिर्भर बनायर समाजलाइ आर्थिक टेवा पुय्राउने मुल उद्देश्य सहकारीको रहेको बताउनु भयो ।

साथै उहाँले नितिसंगत कार्यक्रमहरु गर्नुपर्ने र नैतिकवान बनेर शहकारीमा लाग्ने र समयमा रिण चुक्ता गर्न पनि आवस्यक रहेको बताउनु भयो । साथै सहकारीमा आन्तरिक सुशासन बाह्य सुशासन, र वैयक्तित सुशासन अति आवस्यक रहेको बताउनु भयो । यी तिन विषयहरु सहकारीले लागु गरेन भने अन्य सहकारी झै डुब्ने खतरा बढने बताउनु भयो । हिमचुली कृषि सरकारीको २०६५ मा स्थापना भएर छोटो समयमा गुणस्तरिय उपलब्धी हासिल गरी अहिले जिल्लाको नमुना सहकारीको रुपमा परिचीत भएको छ ।

सहकारीले अहिले दैनिक,मासीक,शिक्षा समुह बचत आवधिक बाल बचत गर्ने गरेको र ऋण लगानी गर्दा कृषी क्षेत्रमा बढी ग्राहयता दिएर ऋिण लगानी समेत भएको सहकारीका ब्यवसाय प्रमुख सन्तोष भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा सहकारीका महिला सदस्यहरु द्धारा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरीएका थिय ।

error: Content is protected !!