ओलीले आफुमाथि जालझेल गरेको प्रचण्डको भनाई

कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः जालझेल गरेको आरोप लगाएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले आफूमाथि प्रधानमन्त्री ओलीले जालझेल गरेको आरोप लगाएका हुन्।उनले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने चेतावनी पनि दिए। उनले यसलाई प्रधानमन्त्री ओलीले सहज रुपमा लिनुपर्ने बताए।उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए।

error: Content is protected !!