कालिकोट। सुर्खेतबाट कालिकोट नरहरिनाथमा जाँदै गरेको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि गाडी चालकसहित ८ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको उक्त गाडी साझ ५.४० बजे नरहरिनाथ(३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालय कुमालगाउ पछाडि झन्डै २० मिटर तल खसेको हो। घाईते हुनेमा नरहरिनाथ(३,का २० वर्षिया राजेन्द्र बुढा , नरहरिनाथ(३, का २९ वर्षिया अनिल कुमार बुढा ,नरहरिनाथ(५,का ४० वर्षिया देवी सहकारी , नरहरिनाथ(३का ३५ वर्षिया विष्णु बिष्ट , ४० वर्षिया दान बहादुर सहकारी ,नरहरिनाथ(३ का २८ वर्षिया गणेश आचार्य , ३५ वर्षिया अम्मर बहादुर बिष्ट , र दैलेख, दुल्लु नगरपालिका(३,का २४ वर्षिया गाडी चालक जगत बिक रहेका छन् । प्रहरीका अनुसार गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।