प्रेस सेन्टरको कर्णाली अध्यक्षमा प्रतीक (इच्छुक) शर्मा

कालिकोट । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक (इच्छुक) शर्मा सर्वसम्मत चयन भएका छन् । कर्णाली प्रदेश समितिको आइतबार र सोमबार सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा २१ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो ।समितिको खुल्ला उपाध्यक्षमा धर्मराज जिसि, उपाध्यक्ष उपेन्द्र प्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका निर्वाचित भएका छन ।अधिवेशनले महासचिव असोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत,प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा)तुलराज चौलागाइ (आकाश) र कोषाध्यक्षमा कृष्ण शर्मालाई चयन गरेको निर्वाचन मण्डलका संयोजक दिपेन्द्र शर्माले जानकारी दिनुभयो । यसैगरी लेखासमिति संयोजक प्रचण्ड खत्रीलाई चयन गरिएको छ । सदस्यहरुमा गोविन्द विश्वकर्मा,विक्रम तिरुवा (सलिन), कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रवहादुर वुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विकलाई चयन गरिएको निर्वाचन मण्डलका संयोजक शर्माले जानकारी दिनुभयो ।अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमितिले कर्णाली प्रदेशमा पत्रकारिताको सशक्तीकरणका लागि क्रियाशील भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, पूर्व मुख्यमन्त्री राज कुमार शर्मा,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसि, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष उपेन्द्र शर्मा लगायतले शुभकामना दिदै प्रेस सेन्टर नेपाल सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरूलाई संगठित गर्ने, उनीहरूको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार गरेर आन्दोलनलाई संगठित गर्ने उद्देश्य लियर स्थापना भयकाले यस संघठनमा संघठित हुने सम्पूर्णले आगामी दिनमा अझै कठिबद्ध भयर कलम चलाउनु पर्ने धारण राख्नु भयको छ ।

error: Content is protected !!