कालिकोट । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ।त्रिचन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनबारे जानकारी दिएको हो।समितिका अनुसार निर्वाचन विहान ८ बजे शुरु हुनेछ। ‘आज मिति २०८१र१२र११ गते बसेको निर्वाचन समितिले २०८१र१२र५ गते स्थगित भएको त्रिचन्द्र स्ववियु निर्वाचन, २०८१ को मतदान कार्य यही मिति २०८१र१२र१३ गते विहान ८ बजेदेखि गर्ने निर्णय गरेको व्यहोरा सम्बद्ध सबैलाई जानकारी गराउँदै सबैबाट निर्वाचन कार्यमा सहयोगको अपेक्षा गरिएको छ,’ सूचनामा उल्लेख छ।