युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँने

A view of the rubble of buildings hit by an Israeli airstrike, in Gaza City, Tuesday, Oct. 10, 2023. Israel has launched intense airstrikes in Gaza after the territory's militant rulers carried out an unprecedented attack on Israel Saturday, killing over 900 people and taking captives. Hundreds of Palestinians have been killed in the airstrikes. AP/PTI(AP10_10_2023_000241B)

कालिकोट । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले ३० दिने युद्धविराममा सहमति जनाएपछि उनीहरु रुसमा पनि वार्ताका लागि जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको हो ।यसअघि, वार्तामा सहभागी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन र रुसबीचको युद्ध अन्त्य वा शान्ति सम्झौताका लागि रुसको व्यवहार र निर्णयमा भर पर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।अमेरिकाले युद्ध अन्त्यका लागि शान्ति वार्ता मात्रै एक तरिका भएको बताउँदै आएको छ । रुसले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको यसअघिको फोन वार्ताले पनि युद्धविराम सम्झौता सम्भव हुनसक्ने सङ्केत गरेको छ ।

error: Content is protected !!