कालिकोट । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहीबार अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। ‘बिहीबार कोशी, बागती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा वर्षाको सम्भावना छ’, मौसमविद् गोविन्दकुमार झाले भने।प्रि(मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहने उनले जानकारी दिए।