तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर

कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।न्यायाधीशहरू डा। मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई आज बदर गरेको हो । विसं २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा ललितपुर क्षेत्र नम्बर–३ बाट उम्मेदवार हुँदा कार्कीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो ।

error: Content is protected !!