स्ववियु निर्वाचन, नन्दादेबी क्याम्पसमा नेत्री यशोदा शाहीको उम्मेदवारी ।

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा रहेको नन्दादेबी बहुमुखी क्याम्पसमा समाजबादी मोर्चाको संयुक्त प्यानलबाट सभापतीमा नेत्री यशोदा शाहीको उम्मेदवारी दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत समाजबादी मोर्चा नेतित्वको पार्टीका बिद्यार्थी संघठनहरुको नेतित्व गर्दै सभापतीमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)की शाहीको उम्मेदवारी दर्ता भएको हो । सचिवमा नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संघठन अखिल समाजबादीका सागर बहादुर सहकारी र कोषाध्यक्षमा अनेरास्ववियू (क्रान्तिकारी)का नबिन बिष्टको उम्मेदवारी रहेको अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष कमल बहादुर शाही(कर्णाली) ले जानकारी दिएका छन् । उम्मेदवारी दर्ता पछि अध्यक्ष शाहीले शैक्षिक गुणस्तर सुधार, विद्यार्थी हकहित र सुविधा, परिवर्तनकारी नेतृत्व, पारदर्शिता भ्रष्टाचार र अनियमितताको अन्त्ये गर्ने बतायकी छन् । उनले प्रशासनिक प्रक्रियामा पारदर्शिता विद्यार्थीको समस्या समाधानका लागि प्रभावकारी पहल, सांस्कृतिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापको प्रवद्र्धन राजनीतिक निष्पक्षता र समावेशिता ,सबै विद्यार्थीका मुद्दामा निष्पक्ष र समान व्यवहार गर्ने प्रतिबद्धता सहित सम्पुर्ण बिद्यार्थीले आफुलाई आफु नेतित्वको प्यानल जिताउन अपिल समेत गरेकी छन् ।

error: Content is protected !!