कालिकोट । जिल्लाको सान्नीत्रिबेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसमा समाजबादी मोर्चाको संयुक्त प्यानलबाट बसराज बोहोरा लड्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत समाजबादी मोर्चा नेतित्वको पार्टीका बिद्यार्थी संघठनहरुका साथै नेपाल क्रान्तिकारी बिद्यार्थी संघठनको नेतित्व गर्दै अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का बोहोराको उम्मेदवारी दर्ता भएको हो । जसमा प्रत्येक्षतर्फ बसराज बोहोरा अध्यक्ष,धुर्बराज संज्याल सचीव,अग्निजा आचार्य कोषाध्यक्ष सुमितराजराज कार्की, शोभा सार्की, प्रेम बहादुर शाही सदस्य, पबिता धामी, रामझला सार्की सदस्य तथा समानुपातिक तर्फ कल्पना कुमाल, सिर्जना संज्याल, गिता शाही, बिमला धामी, किशोर देबकोटा, अनिता भट्टराई सर्मिला संज्यालको उम्मेदवारी रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक डम्बर बहादुर शाहीले जानकारी दिनु भएको छ । उम्मेदवारी दर्ता पछि अध्यक्ष बोहोराले शैक्षिक गुणस्तर सुधार, विद्यार्थी हकहित र सुविधा,परिवर्तनकारी नेतृत्व र पारदर्शिता भ्रष्टाचार र अनियमितताको अन्त्य प्रशासनिक प्रक्रियामा पारदर्शिता विद्यार्थीको समस्या समाधानका लागि प्रभावकारी पहल, सांस्कृतिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापको प्रवद्र्धन राजनीतिक निष्पक्षता र समावेशिता ,सबै विद्यार्थीका मुद्दामा निष्पक्ष र समान व्यवहार गर्ने प्रतिबद्धता सहित सम्पुर्ण बिद्यार्थीले आफुलाई जिताउन अपिल समेत गरेका छन् ।