कालिकोट । रुद्रराज साहित्य पुरस्कार डा. गार्गी शर्माले प्राप्त गरेकी छिन्।सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनलाई पुरस्कार अर्पण गरिएको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको रुद्रराज साहित्य सेवा समितिले जनाएको छ।कार्यक्रममा दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लालदासले रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको बताए।