कालिकोट । रुससँगको युद्धविरामका लागि युक्रेन अघि बढ्न तयार रहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामका लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी अधिकारीहरूसँग वार्ता गर्न भोलि साउदी अरेबिया पुग्ने खबरमा उल्लेख छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्णरूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँगको युद्धविरामको मागलाई स्वीकार गर्न निरन्तर दबाव दिइरहनुभएको छ ।