सुडानमा हैजाका कारण ९२ जनाको मृत्यु

कालिकोट । सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेका सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।सुडानको ह्वाइट नाइल राज्यमा फेब्रुअरी २० पछि हैजा फैलिएको हो । त्यसपछि कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ जना बिरामी भर्ना भएका थिए ।फेब्रुअरी १६ मा विद्रोही समूह ुपारामिलिटरी र्‍यापिड सपोर्ट फोर्सेसु ९आरएसएफ० ले एउटा पावर स्टेशनमा आक्रमण गरेपछि बिजुली आपूर्ति बन्द भएको थियो । बिजुली आपूर्ति बन्द भएसँगै सरकारी संयन्त्रले वितरण गर्ने पानीको आपूर्ति बन्द भएको र मानिसहरूले अरू स्रोतको पानी प्रयोग गर्दा पानीजन्य रोग हैजा फैलिएको मन्त्रालयले जनाएको छ ।

 

error: Content is protected !!