कालिकोट । रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कम्तीमा ५० जना घाइते भएका युक्रेनी आपत्कालीन सेवाले जनाएको छ ।दोनेत्स्क क्षेत्रमा शुक्रबार राति रुसी सेनाले गरेको आक्रमणमा २० जनाको मृत्यु भएको हो। ४३ जना घाइते भएका छन्। युक्रेनी अधिकारीका अनुसार आक्रमणमा कम्तीमा आठ आवासीय र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका छन्।शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन आक्रमणमा परी ३ जनाको ज्यान गएको खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले जनाएका छन् । आक्रमणमा सात जना घाइते भएका छन्।रुसले प्रहार गरेका ३१ ड्रोनलाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ।