नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा  पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउमा यहि फागुन २१ र २२ गतेका दिन संचालित नसर्ने रोगहरु तथा भि.आई.ए. (पाठेघरको मुखको क्यान्सर परिक्षण ) स्कृनिङ्ग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर सफलता पूर्बक सम्पन्न भएको हो । हिजो देखी संचालीत शिविरबाट जम्मा ५९३ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको छ । उक्त शिविरमा सिवपिडि तथा दमका ५५ जना, उच्च रक्तचापका १४ जना, दाँत तथा मुख स्वास्थ्यका ७७ जना, मधुमेह निदानका ५ जना प्रयोगशाला जाँचका १५६ जना, फिजियोथेरापी सेवाका ५६ जना , विविध स्वास्थ्य परिक्षण तथा उपचारका २०६ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परिक्षणका २९२ जना, संकाश्पद पाठेघरको मुखको क्यान्सरका ३ जना, आङ्ग खस्ने समस्या भएका १८९ जना सेवाग्राही रहेका थिय ।

error: Content is protected !!