इकोहिमाल नेपालद्धारा कृषकलाइ हिउँदे फलफुलका बिरुवा वितरण ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडिमा इकोहिमाल नेपालद्धारा कृषकलाइ हिउँदे फलफुलका बिरुवा वितरण गरीएको छ ।

जलवायु अनुकुलनकालागी कृषि वन प्रवद्धन परियोजना अन्र्तगत इहोहिमाल नेपालले खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकाका अगुवा कृषक, महिला समुह र पिजीयस समुहलाइ विभिन्न हिउँदे फलफुका बिरुवा वितरण गर्न लागेको हो । कृषकहरु लाई बिरुवा दिएर यक औपचारीक कार्यक्रमका विच खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले आइतबार बिरुवा वितरण कार्यक्रमको उद्घाटन गरेका हुन ।

आज पहिलो दिन नगरपालिकाको वडा नं २,३ र ११ का कृषकहरु लाई बिरुवा वितरण गरीएको इकोहिमाल नेपालका सह कार्यक्रम संयोजक बालकृष्ण श्रेष्टले बताएका छन् । उनका अनुसार आज एकै दिन १ हजार ४२ वटा ओखर,४ सय ५० स्याउ, १ सय २० किवी, २ सय ८२ आरु ५९ वटा नास्पति र २३ वटा बिरुवा आरुपखडा गरी १ हजार ९ सय ७९ बिरुवा बितरण गरीएको छ ।

error: Content is protected !!