कालिकोट । भारी हिमपातका कारण माथिल्लो बागलुङका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन्।निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो। हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका( ९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए।शुक्रबार दिउँसो २ वर्षदेखिनै हिमपात हुन शुरु भएको उनले बताए। अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले जानकारी दिए। बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनन्दिन नै प्रभावित बनेको उनी बताउँछन्।लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन्।