कालिकोट । गैरसरकारी संस्था महासंघ नेपाल, कालिकोटको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दिलीप कुमार शाही सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् । साथै उपाध्यक्षमा राजेन्द्र सहकारी, सचिव रमेश नेपाली, सह सचिव पंख बहादुर मल्ल र कोषाध्यक्षमा पार्बति चौलागाँई चयन भएका हुन । समितिको सदस्यहरूमा डिल वहादुर रोकाया, सोविना काफ्ले, मनभुजा परियार, सरला बम , भरत कुमार मल्ल र भरत पाण्डे चयन भएका छन ।
नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता ब्यक्त गरेको छ ।