स्याङ्जामा मनाइँदै मगर दिवस

कालिकोट । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । एघार पालिका रहेको जिल्लाका आठ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।जिल्लाका पाँच नगरपालिका र तीन गाउँपालिकाले बिदा दिएका हुन् । वालिङ, पुतलीबजार, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् ।मगर समुदायको बाहुल्यता रहेका ती स्थानीय तहले छुट्टाछुट्टै सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् । चाडपर्व तथा मगर भाषा कला संस्कृति संरक्षणका लागि स्थानीय तहहरूले आफू मातहतका वडा कार्यालय, विद्यालय, सङ्घ संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका मगर सङ्घ संस्थाले राष्ट्रिय मगर एकता दिवसमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाउँदै आएका छन् । सार्वजनिक बिदा दिएका पालिकामा मगर समुदायको बसोबास धेरै रहेको छ ।

error: Content is protected !!