कालिकोट । इकोहिमाल नेपालद्धारा जिल्लाका ५ सयभन्दा बढी कृषकलाई निशुल्क तरकारीको बीउ वितरण गरिएको छ । जलवायु अनुकुलनकालागी कृषि वन प्रवद्धन तथा स्वास्थ्यकालागी मसला बाली परियोजना अन्र्तगत परियोजना लागु गरेको खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकाका अगुवा कृषक, महिला समुह र पिजीयस समुहलाइ गरी ५ सय ६० जना कृषकहरुलाई इकोहिमाल नेपालले तरकारीको बीउ वितरण गरिएको हो ।
अर्गानिक तरकारी उत्पादनका साथै तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले संस्थाले किसानलाई तरकारीको बीउ वितरण गरेको इकोहिमाल नेपालका सह कार्यक्रम संयोजक बालकृष्ण श्रेष्ठले बताएका छन् । इकोहिमालले प्रत्येक किसाललाई फर्सी, काँक्रो, सिमी, तनेबोडी, टमाटर, खुर्सानी, भण्टा, चिचिण्डा,लौका,सलगम, पालुङ्गो, र धनियाँलगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको श्रेष्ठले बताए ।
निःशुल्क उपलब्ध गराएको तरकारीको बीउ लगाएर निर्वाहमुखी खेती गर्दै आएका कृषक व्यावसायिक अर्गानिक तरकारी खेतीका रुपमा लागेर अझै उत्पादन वृद्धि गर्ने संस्थाको मुख्य उद्देश्ये इकोहिमालको नेपालको छ । दुई वटै स्थानिय तहमा ५ लाख २३ हजार ६ सय ४८ रुपैया बराबरको विस प्रकारको तरकारीको बीउ वितरण गरिएको छ”, उनले भने, “कृषकले मौसम अनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् । इकोहिमाल नेपालले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि किसान हर्षित बनेका छन्