कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा बृहत्तर यौनिकता शिक्षासम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरीएको छ । प्लान इन्टरनेस्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा बातावरण बिकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटको आयोजनामा बृहत्तर यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम होटेल सनलाइटको सभाहलमा सुरु गरीएको हो ।
हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष गौरी कुमारी शाहीको सभाअध्यक्षता, जिल्ला स्थित सम्पुर्ण पत्रकार, पालिका स्तरीय किशोर किशोरी समुहका पदाधिकारी विभिन्न गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको सहभागीतामा अभिमुखीकरण कार्यक्रम संचालन गरीयको थियो । किशोर–किशोरी तथा आम नागरीकहरुलाई यौन र यौनिकताका विषयमा सही निर्णय लिन, खुलेर कुरा गर्न, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या समाधान गर्न दीर्घकालीन यौन तथा प्रजनन स्वास्थ्यका समस्या हुन नदिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरीयको बताइयको छ । ‘बृहत्तर यौनिकता शिक्षा’ले किशोर–किशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय लिन, यौनिक जीवनलाई स्वस्थ्यकर बनाउन, एचआइभी, यौन सङ्क्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहार घटाउन मद्दत पुर्याउँने प्रशिक्षक टेक बहादुर थापाले जानकारी गराएका थिय ।
साथै कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन मद्दत गर्ने छ । यसैगरी असुरक्षित यौन सम्पर्क, गर्भधारण, गर्भपतन, यौनजन्य सङ्क्रमण र यौन अपराधमा समेत कमी ल्याउन यौनिकता शिक्षाले कोशेढुङ्गाको काम गर्ने अर्का प्रशिक्षक उत्तम खत्रीले जानकारी दिएका थिय ।
उनले कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन भएको र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँनुको साथै कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम भएको पनि बताएका छन् ।