कालिकोट । तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने छ। प्रतियोगितामा दुई विदेशीसहित टोलीले सहभागिता रहनेछ।प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम एनआरटी, संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले सहभागिता जनाउने छन्।