कालिकोट । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेका बताएका छन्।आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक अनावरण गर्दै उनले जनताको योगदानबाट राष्ट्रको स्वाभिमान संरक्षण भएको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले एक सय १६ वर्ष अगाडि जन्मिएका थुलुङले तत्कालीन भारतीय सेनाको जागीर छोडेर नेपाल क्रान्तिमा होमिएको इतिहास स्मरण गरे।