कालिकोट । जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा ८ हजार बढी किशोरीले खोप लगायका छन् । माघ २२ गतेबाट सुरु गरेको अभियान आज अन्तिम दिन सम्म पुग्दा ८ हजार ६ सय ८४ जना किशोरीले एचपीभी खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बतायका छन् ।
उनका अनुसार खोप अभियानमा लक्ष्यको ९८.५३% प्रगती हासिल गरेको बताइयको छ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको थियो ।