तिन जिल्ला प्रमुख जिल्ला अधिकारी सीडीओ विहीन

कालिकोट । तीन जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) विहीन भएका छन् ।जिल्ला प्रशासन कार्यालय खोटाङ, ओखलढुंगा र मकवानपुर गरी तीन जिल्ला सीडीओविहीन बनेका हुन् । आइतबार खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ सीडीओविहीन थियो । विपद्को बेलामा सीडीओविहीन हुँदा नियन्त्रणमा समेत समस्या भएको थियो ।करिब दुई साताअघि खोटाङका सीडीओ उमेरहदका कारण अवकाश भएपछि गृहमन्त्रालयले अहिलेसम्म कसैलाई पनि सीडीओ बनाएर खोटाङ पठाएको छैन ।खोटाङकै छिमेकी जिल्ला ओखलढुंगा करिब डेढ महिनादेखि सीडीओविहीन छ । १६ पुसमा नारायण ढकालले अवकाश पाएपछि ओखलढुंगा सीडीओविहीन बनेको छ । तर ओखलढुंगामा पनि अहिलेसम्म गृह मन्त्रालये सीडीओ पठाएको छैन ।

error: Content is protected !!