कालिकोट । युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ ।युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताउनुभएको थियो । तर यो वार्तामा युक्रोनको कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बीबीसीले जनाएको छ ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताउनुभएको खबरमा उल्लेख छ ।