कालिकोट । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ।यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ।