कालिकोट । आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी ठाउँमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।