अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिप सोमवारबाट हुने

कालिकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमवारदेखि काठमाडौँमा अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिप हुँदै छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यान्मा, किर्गिस्तान र लेबनानले भाग लिँदै छन्। लेबनान र म्यान्माका टोली शुक्रवार राति काठमाडौँ आएका हुन् भने यसअघि बिहीवार नै कीर्गिस्तानको टोली नेपाल आइसकेको छ।शनिबारदेखि नै ती टोलीहरूले एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा तयारी सुरु गरेका छन्।

error: Content is protected !!