खाँडाचक्रमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ जनजिवन मा.वि. ताडीमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम नगर प्रमुख कप खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन गरिएको छ । “ राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ खाँडाचक्र नगरपालीका खेलकुद विकास समितिको आयोजनामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगितामा विभिन्न वडाका प्रतिस्पर्धी भलिबल खेलाडीहरुको सहभागिता रहने छ भने अन्य प्रतियोगिताको पनि प्रस्तुती रहने नगर खेलकुद विकास समितिले जनाएको छ । खेल क्षेत्रको वृद्धि विकास सँगै खेलाडीहरुको मनोबल उच्च बनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन कार्यक्रममा सम्पुर्ण राजनितिदल , जनप्रतिनिधि , विभिन्न सरकारी तथा गैरसरकारि संघसस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षक ,विधार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता  रहेको थियो ।

error: Content is protected !!