कालिकोट । सारंगी वादक एवं वरिष्ठ लोकगायक लालबहादुर गन्धर्वको बिहीबार निधन भएको छ।लोक सङ्गीत क्षेत्रमा महत्वपुर्ण योगदान दिने गन्धर्व समुदायका प्रमुख व्यक्तित्व गन्धर्वको निधनसँगै नेपाली लोक सङ्गीतको एक युगको समाप्त भएको छ।उनका संगीत, लाइभ कर्खा र मङ्गल गीतहरूले नेपाली लोक सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको थियो।पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी लगायतका अनेकन कर्खा, सवाई उहाँले रेडियो नेपालमा गाउनुभएको उहाँको गायन र सारङ्गी वादनले राष्ट्रिय स्तरमा ख्याती कमाएका थिए।लाल बहादुर गन्धर्वको जन्म २००२ सालको वैशाख १४ गते सल्यानको बयलडाँडाँमा भएको थियो।