एचभीपी खोप अभियानको पहिलो दिन, कालिकोटमा २ हजार बढी किशोरीले लगाए ।

कालिकोट । जिल्लामा पहिलो चरणमा सुरु भएको एचपीभी खोप अभियानमा २ हजार बढी किशोरीले खोप लगाएका छन् । पहिलो चरणमा मंगलबार पलाँता गाउँपालिकामा ७ सय ९७ पचालझरना गाउँपालिकामा ४ सय ७० र रास्कोट नगरपालिका ७ सय ९ गरी र सान्नीत्रिबेणी ५ सय १५ गरी कुल २ हजार चार सय ४१ जना किशोरीले पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटक महतले बताएका छन् ।

नेपालमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप दिन लागेको हो । १५ दिनसम्म चल्ने खोप अभियानमा देशभरका १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार जनाभन्दा धेरै किशोरी लाभान्वित हुने मन्त्रालयले जनाएको छ । क्यान्सर दिवसका अवसर पारेर आजबाट देशव्यापी खोप अभियान शुरू भएको छ । अहिले नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ । किशोरीलाई खोप दिएमा क्यान्सरबाट जोगाउन प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ ।’

error: Content is protected !!