कालिकोट । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ। झाको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार मिसिल झिकाउने आदेश दिएको हो ।काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालत पुगेका थिए । झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा फरार रहेका थिए ।