टेलिकमको कार्य क्षमता वृद्धि गर्न आवश्यक रहेको सञ्चारमन्त्री गुरुङको भनाई

कालिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताएका छन्।सोमवार नेपाल टेलिकमको २१औँ वार्षिकोत्सव समारोह बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताए।उनले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको शेयर पुर्‍याउन आवश्यक रहेको बताए।

 

error: Content is protected !!