रामेछापमा माछा मार्ने क्रममा युवकको मृत्यु

कालिकोट । रामेछापमा माछा मार्ने क्रममा आफैंले बोकेको ब्याट्री शर्ट भएर एक जनाको ज्यान गएको छ ।तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ब्याट्री शर्ट हुँदा मन्थली नगरपालिका–७ चिसापानीका सुरेश माझीको ज्यान गएको हो । उनी गएराति साथीहरूसँग माछा मार्न गएका थिए । उनीसँगै खोलामा गएका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।केही वर्षदेखि रामेछापको लिखु, तामाकोशी र सुनकोशी नदीमा रातको समयमा अवैध रूपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ ।

error: Content is protected !!