एचभीपी खोप अभियान भोली देखी सुरु, कालिकोटमा ९ हजार किशोरीलाई लगाइँदै ।

कालिकोट । जिल्लाका नौ वटै स्थानिय तहमा गरी करीब ९ हजारभन्दा बढी किशोरीहरूलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियोजन अन्तर्गत कालिकोटमा १० देखि १४ वर्ष उमेर समूहका ९ हजार दुइ सय ३८ जना किशोरीलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सुचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन । जिल्लाका ९ पालिकामा विद्यालय र स्वास्थ्य संस्थासहित एक सय ५२ खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिए ।

अभियान अन्तर्गत कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरूलाई खोप लगाउने लक्ष्य लिएकाले विद्यालयलाई खोप केन्द्र बनाइएको महतले बताए । विद्यालय नआउने वा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई भने पायक पर्ने विद्यालय वा अन्य खोप केन्द्र मार्फत खोप लगाइने छ ब्यवस्था रहेको छ ।’ जिल्लामा तिन चरणमा खोप अभियान सञ्चालन हुने जनाएको छ । पलाँता गाउँपालिका,पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका र सान्नीत्रिबेणी गाउँपालिकामा पहिलो चरणमा खोप लगाइने छ । दोस्रो चरण अन्तर्गत नरहरीनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ भने तेश्रो चरणमा तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा हुने छ । जनस्वास्थ्य अधिकृत महतले खोपकर्तालाई आवश्यक तालिम, अभिमुखीकरणसहित तयारी गरिसकिएको जानकारी दिए । उनले खोप प्रभावकारी र सुरक्षित रहेकोले सबैले यसमा सहभागी जनाउनु पर्ने बताए । उनले भने, ‘खोपहरूका बारेमा विभिन्न अफवाहहरू फैलने गर्दछ । त्यो अफवाहको पछि लाग्नु हुँदैन । यो खोप सुरक्षित र प्रभावकारी छ ।

error: Content is protected !!