रौतहटमा लागुऔषधका ९ जना पक्राउ

कालिकोट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधविरुद्ध अभियान तीव्र पारेको छ। इप्रका चन्द्रनिगाहपुरले माघ २० गतेसम्म ९ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ।रौतहट जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा लागुऔषधका सेवनकर्ता र विक्रेताको संख्या बढ्दै गएको व्यापक गुनासो आएपछि इप्रका चन्द्रनिगापुरले यसविरुद्ध अभियान नै सञ्चालन गरेको छ।शनिवार साँझमात्र लागुऔषध खैरो हिरोइनसहित इप्रका चन्द्रनिगाहपुरले एकजना पक्राउ गरेर म्याद थप गरेको छ। ​चन्द्रपुर नगरपालिका वडा नं(४ चिडिया दहडाँडा टोलबाट सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

error: Content is protected !!