कालिकोट । सहकारी संस्थाको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा थापाविरुद्ध उजुरी परेको थियो । आज बिहान साढे ५ बजे उनलाई निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।थापासहितको टोलीले सहकारीको रकम निजी विद्यालय र घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।