प्रधानमन्त्री ओलीले गरे नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन

कालिकोट । प्रधानमन्त्री कार्यालयले नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन गरेको छ। प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो।टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका क्रममा सर्वसाधारणले दुःख पाएपछि यथाशीघ्र काम सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरिएको हो।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार पौडेल, निजी सचिव विनोदबहादुर कुँवर, प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्ट, सडक विभागका उपमहानिर्देशक डा विजय जैसी, सिनियर डिभिजनल इञ्जिनियर सुरेश पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो।

error: Content is protected !!