कालिकोटमा खुल्ला जिल्ला स्तरीय पुरुष क्रिकेट प्रतियोगिता उद्घाटन ।

कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा प्रथम कालीकोट टि २० पुरुष क्रिकेट प्रतियोगिता बुधबार देखि शुरु भएको छ । जिल्ला क्रिकेट संघको आयोजनामा सदरमुकाम मान्म अवस्थित पञ्चदेब मा.बि.को खेलमैदानमा खुल्ला जिल्ला स्तरीय टि २० पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

आज खाँडाचक्र नगरपालिका नगर उपप्रमुख गणेश बहादुर शाही(आकाश)ले एक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख शाहीले जिल्लामा लुकेर रहेका खेलाडीको प्रतिभालाई मध्यनजर गर्दै होनहार खेलाडीको रुपमा उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले खेलले नै व्यक्तिको सर्वाङ्गगिर्ण विकास गर्ने उल्लेख गर्दै आफ्नो तर्फबाट समग्र खेल क्षेत्रको बिकासका लागी लागी पर्ने बताए । प्रतियोगितामा कालिकोट जिल्लाका १२ समुहले भाग लिएका छन ।

फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशमा सुरु हुन लागेको प्रधानमन्त्री पुरुष कपलाई मध्यनजर गरी प्रथम जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरेको अध्यक्ष खडक जंग शाहीले बताएका छन् । उद्घाटन कार्यक्रममा नेपाली काँग्रस कर्णाली प्रदेश समिति प्रबक्ता दमन बहादुर शाही, उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही, नेपाल भलिबल संघ जिल्ला सचिव पदम बहादुर मल्ल, जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, पत्रकार खेलाडी लगाएतको उपस्थिती रहेको क्रिकेट संघ कालिकोटका सदस्य पवन बमले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने यस्तै प्लेयर अफ द म्याच ५ सय, प्लेयर अफ द सेरिज २ हजार, ईमर्जिङ प्लेयर १ हजार पाँच सय पुरस्कार राशि प्रदान गरिने छ भने खेल आगामी माघ १९ गते सम्म चल्नेछ ।

error: Content is protected !!