कालिकोट । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका धेरै भूभागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।