स्वास्थ्य चौकी राराकाटीयामा किशोर–किशोरीमैत्री सुचना कक्ष स्थापना ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–४ मा रहेको सुकाटीया स्वास्थ्य चौकी राराकाटीयामा किशोर–किशोरीमैत्री सुचना कक्ष स्थापना गरिएको छ । बुधबार यक औपचारीक कार्यक्रमका बिच स्वास्थ्यचौकीमा किशोर–किशोरीमैत्री सुचना कक्षको उद्घाटन गरीएको हो । अव देखी स्वास्थ्य चौकीमा सेवा लिन आउने किशोर–किशोरीका लागि अलग्गै कोठाको व्यवस्था गरेर सेवा दिने स्वास्थ्य चौकी प्रमुख खगेन्द्र चौलागाँइले बताएका छन् । स्वास्थ्य चौकीमा प्रत्येक हप्ताको शुक्रबार सि.नि.यर अहेब तुल्छा अधिकारीको नेतित्वमा किशोर–किशोरीहरुलाई एउटै कोठामा राखेर यौन तथा प्रजनज स्वास्थ्य र अधिकार सम्बन्धि कक्षाहरु समेत संचालन गरीने निणर्य समेत भएको छ इन्चार्ज चौलागाइले जानकारी दिएका छन ।

error: Content is protected !!