कालिकोट । ईकोहिमाल नेपाल शाखा कालिकोटको आयोजनामा किसानहरूलाई जैविक तथा वानस्पतिक विषादी (झोलमल) बनाउने तालिम दिएइएको छ । ईकोहिमाल नेपालले ‘जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार’ अन्तर्गत झोल मल बनाउने १ दिने तालिम दिएको हो । बर्तमान समयमा बढी रहेको जलवायु परिवर्तनकाई कम गर्न संस्थाले बिगत देखीनै जलवायु परिवर्तनका लागी कृषि बन प्रबधन परियोजना लागु गरेर कृषकलाई अग्र्यानिक फलफुल तथा तरकारी उत्पादन गर्नमा सहयोग गर्दै आइरहेको छ ।
त्यसलाई थप प्रभावकारी बनाउन तालिम दिइएको इकोहिमाल नेपालका कृषि प्राबिधिक बालकृष्ण श्रेष्ठले बताएका छन । झोल मल जैविक विधिबाट तयार गरिने भएकाले यसले रासायनिक मलको सट्टा प्राकृतिक मलको उपयोगलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई सुरक्षित र गुणस्तरीय बनाउँने, माटोमा जैविक तत्वको मात्रा वृद्धि गर्दै माटोको उर्वराशक्ति र संरचना सुधार गर्न मद्दत गर्ने, झोल मलले माटो र पानीको प्रदूषणलाई कम गरी रासायनिक मलको दीर्घकालीन हानिकारक प्रभावबाट बच्न सहयोग पु¥याउँने साथै झोल मलले कृषिमा जैविक प्रणालीको उपयोगलाई प्राथमिकता दिँदै, उत्पादन वृद्धि, स्वस्थ माटो, र पर्यावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान पु¥याउँने भएकाले कृषकहरु लाइ तालिम प्रदान गरीएको कृषि प्राबिधिक श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त तालिममा १७ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।