भारतमा १४ जना माओवादी विद्रोही मारिए

कालिकोट । भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन्। मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको बताएको छ ।मन्त्रालयले मारिएका कमाण्डर जयराम चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ । नयाँ दिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ ।भारतको सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरुका कारण दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए।

error: Content is protected !!