कालिकोट । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । वडाले पाँच हजार नगद रुपैयाँसहित सम्मान गरेपछि गोरु पाल्ने किसानहरू खुशी भएका छन् ।पछिल्लो समय युवा विदेश पलायन तथा मिनी टिलर र ट्र्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानहरू घटिरहेका छन् । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई राहत र प्रोत्साहन हुने उद्देश्यले पहिलो चरणमा १८ जनालाई पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरेको वडाध्यक्ष माधव श्रेष्ठले बताउनुभयो ।